Skip This
अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज १ बिहीबार
  • Tuesday, 16 September, 2025
रासस/एएनआई वासिङ्टन
२o७७ असोज १ बिहीबार १४:३४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

Read Time : < 1 मिनेट
रासस/एएनआई वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o७७ असोज १ बिहीबार १४:३४:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । 

उनले अक्टोबरमा देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् । 

सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको उनले बताए । 

‘कोरोना भाइरसविरुद्धको खोप तयार हुँदै छ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ,’ उनले भने । 

उनले कहिलेदेखि वितरण गर्न सकिन्छ भन्ने चाँडो घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे । 

अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै उनले केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुन सक्ने बताए ।

कोरोना नियन्त्रणका प्रयासहरू आफूले जतिसक्दो छिटो गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्य्राटतर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाए ।    

कोरोना भाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार चार सय ५८ जना संक्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार चार सय ३६ जनाको मृत्यु भएको छ ।