मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई इस्लामावाद
२०७७ भदौ ३० मंगलबार १२:१९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ 

Read Time : < 1 मिनेट
रासस/एएनआई इस्लामावाद
२०७७ भदौ ३० मंगलबार १२:१९:००

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो कुरा बताएका हुन् । 

‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ,’ उनले भने । 

अन्तर्वार्ताका क्रममा उनले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका थिए । 

पाकिस्तानको लाहोरमा गत हप्ता एक महिला आफ्ना बच्चाकै अगाडि सडकमा सामूहिक बलात्कृत भएकी थिइन् ।

पञ्जाव प्रान्तको लाहोर सहरनजिकै कारमा रहेकी महिलालाई कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो ।

त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के–कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् । 

त्यसपछि उनका गरगहना पनि लुटिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न सहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरू भएका छन् ।

त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।