मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ २८ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका एजेन्सी/रासस
२o७७ भदौ २८ आइतबार १७:१७:oo
Read Time : > 1 मिनेट
विश्व

अमेरिकामा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या २७ पुग्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, एजेन्सी/रासस
नयाँ पत्रिका
२o७७ भदौ २८ आइतबार १७:१७:oo

अमेरिकी पश्चिमी तटीय क्षेत्रमा फैलिएको डढेलोबाट मृत्यु हुनेको संख्या आइतबारसम्ममा २७ जना पुगेको छ । अमेरिकी अधिकारीहरूका अनुसार डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा रहनेछ । 

ओरेगोनमा पछिल्लो २४ घन्टामा चार र यो सातामा १९ जनाको डढेलोबाट मृत्यु भएको छ । घटनालगत्तै सरकारले जंगल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई परिचालन गरेको छ । क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुक्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाव देखिएको हो । अमेरिकी राज्यहरूमा लागेका दुई ठूला डढेलोले आइतबारसम्ममा करिब २० करोड हेक्टर अर्थात् न्युजर्सी राज्यको क्षेत्रफलबराबर विनाश गरेको अधिकारीहरूले बताएका छन् । 

डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदयविदारक घटनाहरू देखेको बताएका छन् । शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दै गर्दा तातो सडकले टाएर पग्लिएपछि कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको दृश्य सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । 

ओरेगोनका गभर्नर केट ब्राउनले भने, ‘उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौँ मानिस हराइरहेका छन् । दशौँ हजार घर छोड्न बाध्य भएका छन् ।’ 
राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यु फेल्प्सलेका अनुसार उद्धारकर्मीले ठूलो संख्यामा डढेलोका कारण मृत्यु भएको हुन सक्ने बताए । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने ती स्थलमा हजारौँ संरचना आगोले नष्ट गरेको छ । ब्राउनले भने, ‘डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ । साथै करिब पाँच लाख व्यक्ति डढेलोका कारण असुरक्षित रहेका छन् । उनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।’ 

मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रकहरूलाई राहत मिलेको  बताइएको छ । सयौँ अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि संघर्ष गरिरहेको बताएका छन् ।  

राष्ट्रपतीय निर्वाचन अभियान, डढेलो र मौसम परिवर्तनको चर्चा
अमेरिकी राष्ट्रपति तथा आगामी निर्वाचनमा समेत राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार क्यालिफोर्नियाको डढेलो प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी आपतकालीन सेवा प्रमुखहरूसँग नियन्त्रण प्रयासबारे जानकारी लिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही सातामा भएका चुनावी अभियानमा डढेलोबारे खासै चर्चा नगरे पनि शनिबार पश्चिमी राज्य नेभाडाको अभियानमा चर्चा गरेका थिए ।  ‘उनीहरूसँग यस्तो कुनै कुरा थिएन,’ ट्रम्पले भने, ‘एकदम सरल कुरा जंगलको व्यवस्थापन हो । कृपया यस शब्दलाई याद गर्नुहोस् ।’ राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले डढेलोलाई जलवायु परिवर्तनसँग जोडेर सरकारले जलवायुको मुद्दासँग जोडेका छन् । वाइडेनले डढेलो र विनाशबारे भने, ‘विज्ञान स्पष्ट छ र यीजस्ता घातक संकतहरूलाई भूलवश पनि व्यवस्थापनमा त्रुटि गर्नुहुन्न । जलवायु परिवर्तनले महत्वपूर्ण र अस्तित्वगत जीवनशैलीलाई खतरा सिर्जना गरेको छ ।’