१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २५ बिहीबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वदेश फर्कन चाहने नेपाली ल्याउने अन्तर्राष्ट्रिय उडानको संख्या बढाउने सरकारकाे निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २५ बिहीबार १६:३८:००

सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ । 

पिसिआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान सेवा कम्पनीहरूले थप उडान गरेमा अनुमति दिने नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । 

भट्टराईले उपप्रधानमन्त्री, पराराष्ट्रमन्त्री, पर्यटनमन्त्री एवं श्रममन्त्रीको छलफलबाट यस्तो निर्णय भएको र उपप्रधानमन्त्री तथा प्रधानमन्त्रीबीचको छलफलपछि यस्तो निर्णय लिइएको पनि जनाएका छन् । 

उनले कुनै पनि कम्पनीले कम्पनीकै खर्चमा कामदार नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखी उडान अनुमति दिने पनि जनाएका छन् । 

नियमित उडान नभएका देशहरूमा पिसिआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गर्ने उनले जानकारी दिएका छन् ।