१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१९ हिमाल चढ्न ५१२ आरोहीले लिए अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५८:oo

 सन् २०२४ को वसन्तकालीन सिजनमा सगरमाथासहित १९ हिमाल आरोहण गर्न हालसम्म ५५ टिमबाट पाँच सय १२ आरोहीले अनुमति लिएका छन् । जसमध्ये दुई सय नौ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

वसन्तमा सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने रहेका छन् । सगरमाथा आरोहणका लागि हालसम्म अनुमति लिनेमध्ये ३९ महिला छन् । यी आरोहीबाट ३४ करोड ४४ लाख रुपैयाँ रोयल्टी उठेको विभागले जनाएको छ । जसमध्ये २९ करोड ७५ लाख रुपैयाँ सगरमाथा आरोहीबाट मात्रै उठेको हो । सगरमाथा आरोहणका लागि विदेशी नागरिकले प्रतिआरोही ११ हजार अमेरिकी डलर र नेपालीले ७५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।  

हालसम्म आरोहणको अनुमति लिनेमा आमादब्लमका लागि ६६ जना, हिमलुङ्कमा नौ, जुगलमा एक, अन्नपूर्ण प्रथम २५, पुठा हिउँचुलीमा सात, खांग्री सारमा दुई, कञ्चनजंघामा ३१, धौलागिरिमा १५, तेङ्बोचेमा दुई, तेङ्कोमा चार, मकालु प्रथममा ४५, ल्होत्सेमा ५५, जुगल प्रथममा ११, जुगल दोस्रोमा ११, जुगल फिफ्थमा चार, पुमोरीमा तीन, लिङ्ट्रेनमा ११ र थोरोङ पिकका लागि एकजनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

ad
ad