
कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएकाले चिकित्सकहरूको सल्लाहअनुसार कोइराला होम आइसोलेसनमा बसेका छन् ।
कोइरालाले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन आग्रह गरेका छन् ।