Skip This
कांग्रेस नेता शेखर भन्छन्– जनता भोकभोकै रहनुपर्ने अवस्था बन्यो, सरकारले बाह्य सम्बन्ध ध्वस्त पाऱ्याे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता शेखर भन्छन्– जनता भोकभोकै रहनुपर्ने अवस्था बन्यो, सरकारले बाह्य सम्बन्ध ध्वस्त पाऱ्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १८:५६:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारमा रहेको दल आन्तरिक झगडामा अलमलिने र जनता भोकभोकै रहनुपर्ने अवस्था आएको बताएका छन् । उनले बाह्य सम्बन्ध ध्वस्त पार्ने काम सरकारले गरेको आरोपसमेत लगाए । 

आफैँले आयोजना गरेको ‘नेपालको कूटनीति दोबाटोमा’ विषयक भर्चुअल अन्तर्क्रियामा कोइरालाले दुईपक्षीय र बहुपक्षीय सम्बन्ध धुमिल बनाउने काम किन गरियो भन्ने विषयमा जनता चनाखो बनेको बताए । एक छिमेकविरुद्ध अर्को प्रयोग गर्ने र शक्तिमुलुकबाट आएको सहयोगमा विरोध गर्ने काम दलभित्रैबाट गराएर सहयोग नभई ऋणमा मुलुकलाई फसाउने कार्यतर्फ सरकारउन्मुख बनेको उनको दाबी छ । 

कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सरकारले वैचारिक सम्बन्ध भएका मुलुकसँग मात्रको सहकार्यले उत्तर कोरियाको झल्को दिन सक्ने बताए । 

कांग्रेसले गठन गरेको छाया सरकारका परराष्ट्रमन्त्रीसमेत रहेका डा. नारायण खड्काले कांग्रेसले कूटनीतिक मामिला र आन्तरिक विषयमा चासो देखाएर काम गरिरहेको दाबी गरे । उनले कुनै पनि सम्बन्धलाई नबिगारी विश्व मञ्चमा नेपाल सक्रिय रहनुपर्नेमा नेपालको वर्तमान नेतृत्वले त्यसतर्फ ध्यान दिन नसकेको बताए ।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले सरकारले कूटनीतिलाई मजाक बनाएको बताए । अर्का पूर्वपरराष्ट्रसचिव एवं राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्यले पनि विश्व परिवेशबाट नेपाललाई एक्ल्याउने काम वर्तमान सरकारले गरेको बताए । 

पूर्वराजदूत डा. दिनेश भट्टराईले पनि अतिराष्ट्रवादको नाराले मात्र मुलुकको मुहार नफेरिने भन्दै अहिलेको सरकारले सबैलाई चिढाउने र आफ्नो मुलुकको भूराजनीतिक अवस्थिति बिर्सने काम गरिरहेको बताए । 

दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमख निश्चलनाथ पाण्डेले सार्कको अध्यक्षसमेत रहेको नेपालले कोभिडको समयमा नेतृत्वदायी भूमिका खेल्न नसकेको बताए ।

ad
ad