१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ भदौ २१ आइतबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१६ किलो अफिमसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ भदौ २१ आइतबार १६:२५:००

१६ किलो अवैध लागुऔषध अफिमसहित रुकुम पश्चिममा तीनजना पक्राउ परेका छन् । 

आठबिसकोट नगरपालिका– ५, जलिगारमा ठूलो परिमाणमा अफिमसहित जाजरकोट  नगलगाड नगरपालिका– ९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, सोही ठाउँका ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर शाहलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

आठबिसकोट नगरपालिकाका विभिन्न क्षेत्रमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई प्रक्राउ गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । 

शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानतलासी गर्दा उनीहरूले बोकेको झोलामा १६ किलो अफिम फेला परेको डिएसपी केसीले बताए । 

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।