१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १४:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

ललितपुरका प्रजिअ भन्छन्- दशैँसम्म निषेधाज्ञा गर्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:१५:oo

ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले दशैँसम्म काठमाडाैं उपत्यकामा निषेधाज्ञा गर्नुपर्ने बताएका छन्।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले यस्ताे बताएका हुन् । 

उनले भने, ‘दशैँ आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला । अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ।’

तिजजस्ता चाडबाडमा निषेधाज्ञा गरेकाले कोरोना संक्रमण कम भएको उनको भनाइ थियो ।

ललितपुरमा क्वारेन्टिन र आइसोलेसनको अभाव नभएको उनले बताए।  विदेशबाट आएकाहरूका लागि पनि राख्नका लागि पर्याप्त बेड भएको उनले समितिलाई जानकारी गराए ।

उनले भने, ‘निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने थियो ।’

ad
ad