Skip This
कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका एक साता बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका एक साता बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:२o:oo

टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएकाले एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए । 

राससका अनुसार २१ भदौदेखि २६ गतेसम्म नगरपालिका बन्द हुने भएको हो । 

कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कामहरू भने निरन्तर हुने पौडेलले बताए । 

टोखामा शुक्रबारसम्म दुई सय ५७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ९४ जना डिस्चार्ज भइसकेका छन् ।
 

ad
ad