Read Time : < 1 मिनेट
२o८१ जेठ ६ आइतबार ११:२६:oo
एनआइसी एसियाले भाका नाघेको कर्जा भुक्तान गर्दा शतप्रतिशतसम्म हर्जाना तथा जरिवाना छुट दिने भएको छ । बैंकले आर्थिक शिथिलताका कारण कर्जा ग्राहकमा परेको असर न्यूनीकरण गर्न छुट योजना ल्याएको जनाएको छ ।
छुट योजनाअन्तर्गत ०८० चैत मसान्तसम्मको कर्जाको भाका नाघेकाको हकमा ऋणीले सबै कर्जा जेठ महिनाभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट पाउनेछन् ।
भाका नाघेको समयावधिमध्ये ९१ दिनदेखि एक सय ८० दिनसम्म १५ प्रतिशत, एक सय ८१ देखि तीन सय ६५ दिनसम्म २५ प्रतिशत र तीन सय ६५ दिनभन्दा बढीमा ३५ प्रतिशत छुट दिने बैंकले जनाएको छ । यसप्रकारको छुट सुविधाले आर्थिक समस्यामा परेका ग्राहकलाई वित्तीयभार कम गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।