१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ ६ आइतबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संखुवासभामा जबर्जस्ती करणी गरी फरार अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:o२:oo

संखुवासभामा जबर्जस्ती करणी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् ।मंगलबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई सार्वजनिक गरेको हो । सामाजिक सञ्जालमार्फत चिनजान भई फोनमा कुराकानी गरी विवाह गर्ने प्रलोभनमा पारेर खाँदबारीको एक होटेलमा जबर्जस्ती करणी गरी फरार मानिसलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । 

तनहुँ जिल्ला भिमाद नगरपालिका– २ स्थायी घर भएका ३७ वर्षीय हिमाल/सुरेश मगर भन्ने अभिमानसिंह आलेले खाँदबारीमा एक बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरी फरार रहेको उजुरीका आधारमा २२ वैशाखमा ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका– ११ रमाइलो डाँडाबाट पक्राउ गरी खाँदबारी ल्याएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार एलपी ग्यासको मर्मत गर्नेलगायतको काम गर्दै हिँड्ने मगरले बालिकालाई प्रभोलनमा पारी करणी गरी फरार रहेको आरोपमा पक्राउ गरिएको हो । जिल्ला अदालत संखुवासभाबाट म्याद थप भई मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

ad
ad