मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ १७ बुधबार १६:४२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संक्रमित थप १२ जनाको मृत्यु, हालसम्म दुई सय ५१ जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ १७ बुधबार १६:४२:००

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित भई उपचाररत थप १२ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा ६ पुरुष र ६ जना महिला छन् । 

मृत्यु भएकामध्ये काठमाडौं उपत्यकाका पाँचजना छन् । काठमाडौंकी ८९ वर्षीया, ललितपुरकी ७० वर्षीया महिला र काठमाडौंका ७० वर्षीय, ७५ वर्षीय र भक्तपुरका ४० वर्षीय पुरुष छन् ।

त्यसैगरी चितवनमा १८ र ५५ वर्षीया दुई महिला, तनहुँकी २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया महिला छन् ।

बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म कोरोना संक्रमणबाट नेपालमा दुई सय ५१ जनाको निधन भएको छ ।

गौतमका अनुसार संक्रमितको मृत्यु हुने दर ०.६ प्रतिशत छ ।