१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ श्रावण २३ शुक्रबार १८:०८:००
Read Time : < 1 मिनेट
प्रदेश

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १८:०८:००

महावु गाउँपालिका–५ गोत्र्रीमा बिहीवार राती परेको चट्याङ लागेर ५५ बर्षीय रणबहादुर सुनारको मृत्यु भएको छ भने उनकी श्रीमती देउकला सुनार गम्भीर घाईते भएकी छन् । उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । उनीहरुलाई घरमै सुतिरहेको ठाउँमा चट्याङ लागेको हो  । 

दैलेख सदरमुकाम दैलेख बजारबाट घटनास्थल करिब २५ कोस टाढा भएकोले शुक्रबार साँझ ५ बजे मात्रै प्रहरी पुगेको छ । घाईतको थप उपचारका लागि दैलेख सदरमुकाम दैलेख बजार ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।