१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ २३ शुक्रबार २१:३७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

सरकारी अस्पताल नजाने कोरोना संक्रमितको अडानपछि ह्याम्स अस्पतालमै उपचार सुरु

Read Time : > 1 मिनेट
२०७७ जेठ २३ शुक्रबार २१:३७:००

कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका ह्याम्स अस्पतालमा उपचाररत बिरामीले सरकारी अस्पतालमा उपचार नगर्ने बताएपछि ह्याम्समै उपचार हुने भएको छ । पिसाब संक्रमण भएर अस्पताल पुगेका गुल्मीका ७६ वर्षीय पुरुष र मेनेन्जाइटिसको जस्तै लक्षण देखिएपछि अस्पताल भर्ना भएका पोखराका एक पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

ह्याम्स अस्पतालका अनुसार दुवैजनामा कोरोनासँग मिल्ने कुनै लक्षण थिएन । तैपनि बाहिर जिल्लाबाट आएको कारण उनीहरूको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो । गुल्मीका पुरुषमा ठूलो समस्या नभएपछि सोही दिन घर गएका थिए । पोखराका बिरामी भने आइसियूमा थिए । ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार दुवैजनाको रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । गुल्मीका पुरुषलाई भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले सम्पर्क गरी सशस्त्र प्रहरी अस्पताल बलम्बु लगेको छ ।

अर्का संक्रमित भने ह्याम्स अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएपछि शुक्रबार बिहान भेन्टिलेटरबाट बाहिर निकालिएको अस्पतालले जनाएको छ । रिपोर्ट पोजेटिभ आएपछि सरकारले तोकेको कोभिड अस्पताल जान अनुरोध गरे पनि उनले अस्वीकार गरेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. शर्माले भने, ‘हामीले उहाँ (संक्रमित) सँग सरकारको नियमअनुसार कोभिड अस्पतालमा जान अनुरोध ग ऱ्यौँ, तर बिरामी र आफन्तले सरकारीमा गएर भर्ना नहुने अडान लिए । सोही कारण यहीँ उपचारलाई निरन्तरता दिने भएका छौंँ ।’

ह्याम्स कोभिड क्लिनिक अस्पताल मात्रै हो । नियमअनुसार उसले कोरोना संक्रमित भर्ना गर्न पाउँदैन । तर, बिरामीको लिखित अनुमति लिएर मात्रै भर्ना गरेको जनाएको छ । कार्यकारी निर्देशक डा. शर्माले अस्पतालको आइसोलेसन वार्ड अन्तर्राष्ट्रिय स्तरको भएकाले कुनै जोखिम नहुने बताए । अस्पतालले उनलाई सरकारीमा गए उपचार खर्च नलाग्ने पनि स्पष्ट पारेको जनाएको छ । ह्याम्समै उपचार गर्ने मञ्जुरीनामा दिएपछि सरकारसँग अनुमति लिएर अस्पतालले उपचार प्रक्रिया अघि बढाएको छ ।