१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २२ मंगलबार १२:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनको भिडभाडले नयाँ भेरियन्ट फैलिन सक्छ : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार १२:o६:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कोभिड– १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरूमा भिडभाड गर्दा कोभिड– १९ को संक्रमणदर बढ्न सक्ने बताए।

उनले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत् रहेको उल्लेख गरे। भिडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउन जरुरी रहेको उनले बताए। डा. अधिकारीले कोभिड– १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरूलाई भिडभाड हुने ठाउँमा नजानसमेत आग्रह गरेका छन्।

विश्वव्यापी रूपमा कोभिड– १९ को संक्रमण घटेसँगै नेपालमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ। तैपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउन सक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे।