१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २८ बुधबार ०८:१५:००
Read Time : < 1 मिनेट
समाचार

निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २८ बुधबार ०८:१५:००

निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित बन्दै गरेको घरमा प्रेसर कुकर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट घरको सिसाहरु फुटेका छन् ।

बिस्फोटबाट उनका छिमेकी कपिलदेव घिमिरेको  घरमा समेत क्षती भएको  छ । बिहान ७:५० बजेतिर प्रहरीलाई  सूचना आएको भक्तपुरका प्रहरी प्रमुख सविन प्रधानले जानकारी दिए ।

 

बिस्फोटका कारण झ्यालको सिसा फुटेको गोकुल बास्कोटाका छिमेकी कपिलदेव घिमिरेको घर ।

विस्फोट स्थलमा यतिखेर  सर्वसाधारणहरुको भिड लागेको छ भने प्रहरी पनि पुगिसकेका छन्  । बिस्फोट कसले र किन गराएको हो भन्ने बारेमा केहि खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

तस्बिर : अमुल थापा