१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा गठबन्धन विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:४५:oo

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको गृहनगरमा एमालेविरुद्ध गठबन्धन विजयी भएको छ। एमालेको जिल्ला इन्चार्जसमेत रहेका बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू अत्यधिक मतान्तरले विजयी भएका हुन्।

मण्डनदेउपुर नगरपालिकाको नगरप्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी भएका छन्। उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन्। प्रमुखमा निर्वाचित एकीकृत समाजवादीका वाइबाले नाै हजार चार सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले आठ हजार तीन सय ५१ मत ल्याएका छन्। 

उपप्रमुखमा निर्वाचित कांग्रेसका नेपालले ११ हजार तीन सय पाँच मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६ हजार नाै सय २४ मत ल्याएकी छिन्। नगरप्रमुखमा वाइबाले एक हजार ५५ र उपप्रमुखमा नेपाल चार हजार तीन सय ८१ मतान्तरले विजयी भएका हुन्।

नगरपालिकाको १, ४, ५ र ७ गरी चारवटा वडामा एमाले विजयी हुँदा २, ३, ६, ९, १०, ११ र १२ गरी सातवटा वडामा कांग्रेसले जित हात पारेको छ। माओवादी केन्द्र  ८ नम्बर वडामा मात्रै विजयी भएको छ।

ad
ad