१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

गोकुल बाँस्कोटाकाे ‘७० करोड’सँग सम्बन्धित टेप मैले नै पत्रकारलाई दिएको हुँ : सांसद खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:२२:oo

कांग्रेस सांसद रामहरि खतिवडाले तत्कालीन सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग भएकाे ७० करोड रुपैयाँकाे घुससम्बन्धी टेलिफाेन वार्ताकाे टेप आफूले नै मिडियालाई दिएको खुलासा गरेका छन्। साेमबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खतिवडाले यस्तो खुलासा गरेका हुन्। 

नयाँ सत्तासमीकरण बनेपछि प्रमुख प्रतिपक्षकाे भूमिकामा रहेकाे कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा मुछिएको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ माग्दै आएकाे छ।

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा टेपकान्ड बाहिरिएपछि नैतिकताका आधारमा अर्काे दिन नै राजीनामा दिएको प्रसंग उल्लेख गर्दै सांसद खतिवडाले गृहमन्त्रीमाथि प्रश्न उठेपछि यसबारे प्रधानमन्त्रीकाे धारणा जान्न चाहेकाे बताए। 

उनले भने, ‘गल्ती गरेको छ भने पक्राउ पर्दा म खुसी हुने मान्छे हो। गल्ती गरेको छ भने सानो–ठूलो जोसुकै भए पनि पक्राउ पर्नुपर्छ। सुनकान्डसँग सम्बन्धित प्रतिवेदन आएको छ। सिआइबीले पनि केही नाम उल्लेख गरेको छ। पैसा माग्यो भनेका छन्। गोकुल बाँस्कोटाको तत्कालीन अवस्थाको टेप मैले कुनै पत्रकारलाई दिएको थिएँ। आज खुलस्त पार्न चाहन्छु।’  

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले पनि सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले आफैँ कसरी याे विषयमा निष्पक्ष अनुसन्धान गर्न सक्छन् भन्दै प्रश्न गरेका छन्। 

 

ad
ad