१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तेस्रो धारका नेताहरूलाई गोकुल बाँस्कोटाले भने– मंगलबारे समयको रोइलो मैले बुझिनँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २२:१८:oo

एमाले नेता गोकुल बाँस्कोटाले तेस्रो धारका नेताहरूलाई रोइलो नगर्न आग्रह गरेका छन् । अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिने बाँस्कोटाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबारपछि बुधबार आउने बताएका छन् । 

तेस्रो धारका नेताहरूले ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई मंगलबारसम्मको समय दिएका थिए । बाँस्कोटाले लेखेका छन्, ‘मंगलबारे समयको रोइलो मैले बुझिनँ । बस्नेलाई राडी बिच्छ्याएको फलैँचा जानेलाई बाटो । काग र कोइली कालै देखिन्छन् र चलाख पनि । तर, खास फरक गृष्मयाममा देखिन्छ । र, सबैलाई थाहा छ मंगलबारपछि बुधबार आउँछ ।’

१० बुँदे सहमति निर्माणमा संलग्न नेतासहित नेपालको साथ छाडेका ५७ जना केन्द्रीय सदस्य र सांसदले शुक्रबार भेलामार्फत पार्टी अध्यक्ष ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुवैमाथि समयसीमा तोकेर दबाब दिएका थिए । 

नेपालको प्रस्तावित पार्टीको हस्ताक्षर सनाखत हुने ९ भदौअगावै १० बुँदे सहमति कार्यान्वयनका लागि प्रस्ताव गरिएको चरण र कार्यतालिका अक्षरशः लागू गर्ने गरी सुरु गर्न तथा नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता गर्न उनीहरूले ओलीलाई अल्टिमेटम दिएका थिए ।

ad
ad