मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १०:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन एमाले नेता बाँस्कोटाको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १०:०३:००


एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि राजनीतिमा फर्कन आह्वान गरेका छन् । बास्कोटाले आज सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन आह्वान गरेका हुन् ।

‘पूर्वराष्ट्रपतिले राजनीति गर्नुहुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन्,’ पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले लेखेका छन्, ‘मेरो सीधा मत छ, वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’

उनले एक मात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यताअनुरूपको राजनीति गरिरहेकोे भन्दै प्रथम राष्ट्रपति डा. रामवरण यादवमाथि कटाक्ष पनि गरेका छन् ।