१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १४ बुधबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल ट्रष्टको जग्गा लिजमा मेरो कुनै संलग्नता छैन : सभापति देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १४ बुधबार १७:४३:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार नेपाल ट्रष्टले जारी गरेको स्वेतपत्रमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन् । 

देउवाले बुधबार प्रेस वक्तव्य जारी गर्दै आफू प्रधानमन्त्री हुँदा आफ्ने संलग्नतामा कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।

‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन,’ वक्तव्यमा भनिएको छ, ‘मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’ 

ट्रष्टले जारी गरेको स्वेतपत्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमिततालाई अन्यन्त्र मोड्न खाजेको पनि सभापति देउवाले बताएका छन् । 

सभापति देउवाले कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवाबलाई निरन्तरता दिन सबैलाई अपिल गरेका छन् ।