मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख १० सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १० सोमबार १५:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई देउवाको प्रश्न- मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १० सोमबार १५:४७:oo

कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता नलागेको भन्दै प्रश्न गरेका छन्।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हीरक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले यस्ताे प्रश्न गरेका हुन्।

सभापति देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताउँदै वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी रहेकाे ‌औँल्याए ।

‘नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु,’ सभापति देउवाले भने, ‘नागरिकको मौलिक हक–अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ।’

उनले संघीय संसदमा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गरे। देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको भन्दै प्रश्नसमेत गरे।