Skip This
गठबन्धनमा कुनै समस्या छैन : देउवा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १८ शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनमा कुनै समस्या छैन : देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार १२:o८:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। 

भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज चितवन आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताए। 

एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टीकाटिप्पणी गर्नुलाई सामान्य रूपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको बताए। 

पछिल्लो समय राष्ट्रिय सभा अध्यक्ष को हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुंगो लगाइने स्पष्ट पारे। ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुंगो लाग्छ,’ उनले भने।  

भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी यहाँ आइपुगेका छन्। 

कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि यहाँ आउने कार्यक्रम छ। सोही कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै यहाँ आइपुगेका थिए। 

नारायणी नदीकिनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ। उद्घाटनअघि आजै भरतपुरका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निकालिएको छ।