मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण २३ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २३ बुधबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा–नेपाल भेटबारे रमेश लेखक भन्छन्– सकारात्मक कुराकानी भयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २३ बुधबार १२:११:oo

कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ।

अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

पूर्वप्रधानमन्त्रीद्वयबीचको सो भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जानकारी दिए।

उनले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरूबीच पुनः छलफल हुनेसमेत उल्लेख गरेका छन्।

अध्यक्ष नेपालसँग मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतले पनि भेटवार्ता गरेका थिए।