१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ माघ १८ शनिबार ०८:४५:००
Read Time : < 1 मिनेट
अर्थ

प्रदेश ५ मा  लगानी सम्मेलनबारे छलफल

Read Time : < 1 मिनेट
२०७६ माघ १८ शनिबार ०८:४५:००

प्रदेश नं ५ सरकारले आयोजनाहरूमा लगानी आकर्षित गर्न बैंकर्स संघसँग छलफल गरेको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलगायतका बैंकर्ससँग शुक्रबार छलफल गरेका थिए । 

पोखरेलले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनमा विभिन्न लगानीका अवसर तथा परियोजनाका बारेमा समेत जानकारी गराएका थिए । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ आर्थिक, औद्योगिक, पर्यटकीय, कृषि आदिमा प्रचुर सम्भावना बोकेको प्रदेश हुनाले यो प्रदेश मुलुकको आर्थिक हबसमेत बन्न सक्ने सम्भावना भएको धारणा व्यक्त गरेका थिए ।