मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २० मंगलबार १३:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश ५ : विराेधबीच प्रदेश सभा बैठक सुरु

Read Time : < 1 मिनेट
२०७७ असोज २० मंगलबार १३:२९:००

विराेधकै बीच प्रदेश ५ को स्थायी राजधानी तथा नामकरणलाई लिएर प्रदेश सभामा दर्ता भएको  प्रस्तावमाथि  छलफल सुरु भएको छ। 

१२ बजेका लागि तय भएको बैठक विवादका बीच डेढ घन्टा ढिला गरी सुरु भएको छ । आजै प्रदेश सभाबाट यो विषयमा टुंगो लगाउने तयारी भइरहेको छ ।

भर्खरै सुरु भएको बैठकमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले आफ्नो भनाइ राख्ने तालिकाअनुरुप उनले बैठकलाई सम्बाेधन गरिरहेका छन् । 

सहमति खोज्ने क्रममा नेकपाका नेता तथा विपक्षी दलका नेताबीच छलफल भएका कारण बैठक ढिला हुन गएको एक संसदले बताए ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले छलफल सहमतिमा पुग्न नसकेको बताए । उनले सरकारको प्रस्तावका विपक्षमा मतदान गर्न कांग्रेसले ह्वीप लगाएको भन्दै आफूहरुको विरोध जारी रहने बताए । यता कांग्रेसले बुटवलको नेपालगञ्ज रोडमा विरोध जारी राखेको छ ।