१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर १८ बुधबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार

बडिगाड दुर्घटनामा बेपत्ता कार्कीकाे शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुग्यो

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १८ बुधबार १४:१६:००

जिल्लाको पश्चिम बडिगाड गाउँपालिकामा मंगलबार भएको जिप दुर्घटनामा बेपत्ता भएका गुल्मीको ईश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको शव बुधबार फेला परेको छ । कार्कीको शव फेला परे सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट तल बडिगाड खोलामा जिप खस्दा बेपत्ता भएका कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल फेला परेको छ । कार्कीको शव बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा शव फेला पारिएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी निरीक्षक रिणबहादुर बैदवारले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका २ का वर्ष २१ का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ का ४ वर्षीय हिमाल कार्की र २४ वर्षीया निमा केसीको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनै जनालाई ढोरपाटनस्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो । 

गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोलातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका ७ भिमगिठेको घोपर्णामा दुर्घटनामा परेको थियो । गुल्मीको इश्मा गाउँपालिकाबाट २६ जना यात्रु बोकेर हिडेको जिप दुर्घटना हुनु भन्दा करिब आधा घण्टा अगाडि ग्वालीचौरको खौलारामा प्रहरीको चेकपोष्टमा कारवाहीमा परेको थियो । प्रहरीले ओभरलोड भएको भन्दै आठ जनालाई सोही स्थानमै झारेर लोकल भ्यानमा पठाएको थियो । 

दुर्घटनामा परेका सबै बुधबार निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको कुलपुजाको हिडेका थिए ।