Skip This
हुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १० शनिबार
  • Saturday, 27 July, 2024
२o८o चैत १० शनिबार १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १० शनिबार १७:४३:oo

हुम्लामा शनिबार जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका– ४ मा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो।

पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए। सु.प. ०१००१ ज ११८३ नम्बरको बलेरो जिप दुर्घटना भएको हो।

दुर्घटनामा परी अदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख रवीन्द्र खनालले बताए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।