१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १३ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५६:oo

उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको भने १३ जना घाइते भएका छन्। शुक्रबार साँझ कटारी नगरपालिकाको कटारी बजारबाट थलियातर्फ गइरहेको बोलेरो जिप कटारी नगरपालिका–७ मजेतपुरमा दुर्घटनामा परेको हो। 

ना१ज ८३३३ नम्बरको बोलेको दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर १३ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल पठाइएको छ। अन्य दुईजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ। जिप ब्रेक फेल भई १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।


 

ad
ad