Skip This
अछाममा जिप दुर्घटना हुँदा १८ महिने छोराको मृत्यु, आमा गम्भीर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
मृतक इसान र गम्भीर घाइते अनिसा खड्का
२o८o फाल्गुण ९ बुधबार १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा जिप दुर्घटना हुँदा १८ महिने छोराको मृत्यु, आमा गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार १८:१९:oo

अछाममा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको पूर्वीचौकी गाउँपालिका–४ का १८ महिनाका ईशान खड्का छन्।

बालककी आमा २३ वर्षिया अनिसा खड्काको अवस्था पनि गम्भीर छ। उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। उनको टाउकोमा गहिरो चोट लागेको छ।

अछामको चौरपाटी गाउँपालिका–५ का ८ वर्षीय स्माइल रावललाई पनि थप उपचारका लागि धनगढी पठाइएको छ। उनको पेट र टाउकोमा गम्भीर चोट छ। 

अछाम जिल्लाको चौरपाटी गाउँपालिका– ५ लुंग्राबाट साँफेबगरतर्फ आउँदै गरेको से १ ज ४२९ नम्बरको जिप अनियन्त्रित भई १५० मिटर तल खस्दा घाइते भएका अन्य १३ जनामध्ये एकजनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए। 

जिपचालक अछामको चौरपाटी–५ का ५१ वर्षीय तेजबहादुर रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक रावल पनि घाइते छन्।