१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका कम्पला (युगान्डा)
२०७६ भदौ ७ शनिबार २१:२७:००
Read Time : < 1 मिनेट
समाचार

गुल्मीका बाढी पीडितलाई युगान्डाबाट सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कम्पला (युगान्डा)
२०७६ भदौ ७ शनिबार २१:२७:००

युगान्डामा बस्दै आएका नेपालीहरुले गुल्मी जिल्लाका बाढी पीडितहरुलाई सहयोग संकलन गरेका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) युगान्डाको नेतृत्वमा बाढी पीडितका लागि एक हजार अमेरिकी डलर आर्थिक सहयोग संकलन भएको हो ।

उक्त रकम शनिबार एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरी नेपाल पठाइएको एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले जानकारी दिए । गत महिना बाढीबाट प्रभावित गुल्मी जिल्ला, सत्यवती गाउपालिकाका बाढी पीडितहरुलाई गाउँपालिकामार्फत सो सहयोग हस्तान्तरण हुने एनआरएन युगान्डाले जनाएको छ । एनआरएनएका अन्तराष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसिसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै संकलित सहयोग रकम सत्यवती गाउँपालिका गुल्मीलाई यथाशीघ्र पठाउने जानकारी दिए ।

युगाान्डामा विभिन्न पेशा तथा व्यवसायमा करिब दुई सय नेपाली छन् । उनीहरूमध्ये धेरै जसो नेपाली एनआरएनएमा आबद्ध छन् । सबैलाई संगठित गरी एनआरएन युगान्डालाई थप सक्रिय बनाइएको नवनिर्वाचित अध्यक्षले बताए ।