मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Friday, 14 August, 2026
गणेश लम्साल विराटनगर
२o८o चैत १५ बिहीबार १६:२७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

आगलागीपीडित सन्थाल समुदायको घर निर्माणमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १६:२७:oo

मोरङको रंगेलीस्थित सन्थाल बस्तीका आगलागीपीडित परिवारका लागि स्थायी घर निर्माणमा सहयोग गर्ने कोशी प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगलागीपीडित परिवारसँग प्रत्यक्ष भेट गरेर अवस्था बुझेपछि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा स्थायी वासस्थानको प्रबन्ध गरिदिने  प्रतिबद्धता जनाएका हुन्। 

पीडितहरूसँग प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्न मात्रै नभई आफ्नै अग्रसरतामा सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए। उनले भने, ‘यो दुःखदायी अवस्था भए पनि यसलाई असारको हिलो सम्झनुहोस्, जहाँ केही मिहिनेत गरियो भने मंसिरमा अन्न भित्र्याउन पाइन्छ। त्यसका लागि कोशी सरकार सहयोग गर्न प्रतिबद्ध छ।’

स्थानीय निकायले जग्गाको व्यवस्था गरिदिए घर बनाउन सरकारले निर्ब्याजी ऋणको व्यवस्था गरिदिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता गरे। उनले आफ्नै नेतृत्वमा विराटनगर महानगरपालिका– १२ को बखरी टोलका एक सय ४५ विपन्न दलित परिवारले निर्ब्याजी ऋण लिएर स्थायी घर बनाइसकेका पनि जानकारी दिए।

कार्कीले भने, ‘सरकारले निर्ब्याजी ऋणको व्यवस्था गराएर घर निर्माण गराइदिन्छ। तपाईंहरूले मासिक किस्ता तिरे पुग्छ।’ ३ चैतमा भएको आगलागीमा परेर सन्थाल समुदायको बसोवास रहेको सुकुमवासी बस्तीका २३ घर जलेर नष्ट भएका थिए।