संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक संसद्मा पेस गरेकी हुन्।
विधेयकमा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ। ५५ वर्षमै अवकाश लिने कर्मचारीलाई ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था पनि प्रस्तावित छ।
त्यस्तै, सरकारी सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले अन्य नियुक्ति लिनुअघि दुई वर्षको ‘कुलिङ पिरियड’ पूरा गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ।