मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमणबाट बालिका घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १२:४६:oo

बर्दियामा चितुवाको आक्रमण एकजना बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट राजापुर नगरपालिका, १० पहाडीपुरमा ९ वर्षीया प्रिन्सा थारूलाई घाइते भएकी छन्।

बुधबार साँझ करिब ७ बजे आमा सीता चौधरीसँग हुलाकी राजमार्गमा हिँडिरहेकी प्रिन्सालाई  चितुवाले आक्रमण गरेको हो।चितुवाको आक्रमणबाट थारूको बायाँ खुट्टाको तिघ्रामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

घाइते बालिकाको  दिनेश मेडिकलमा उपचार गरिएको थियो। उपचार पछि उनलाई घर लगिएको र बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले  जनाइएको छ।
 

↑