गरगहनासम्बन्धी काम गर्ने कम्पनी हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)बिच बिमा सम्झौता भएको छ । द्विपक्षीय सम्झौताअनुसार हिमालयनले आफ्ना ग्राहकको दुर्घटना बिमा गरिदिनेछ । कम्पनीका अनुसार घटस्थापनाको दिनदेखि हरेक ग्राहकको दुर्घटना बिमा गरिनेछ ।
बिमालाई तीन तहको सदस्यता कार्यक्रममा वर्गीकरण गरिएको छ । जसमा, सिल्भर, गोल्ड र प्लाटिनम ग्राहक रहनेछन् । सिल्भरमा एक लाख, गोल्डमा पाँच लाख र डायमन्डमा १० लाखसम्मको बिमा हुने कम्पनीले जानकारी दिएको छ ।