मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १o:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शत्रुको लात सहेर साथीको कुरा नसहने प्रवृत्ति त्यागौँ : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १o:१९:oo

एमाले अध्यक्ष केपी ओलीले असहमति सुनुवाइ गर्दै पार्टीलाई एकढिक्काका साथ अगाडि बढाउने बताएका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल सम्बोधन गर्दै उनले शत्रुको प्रहार र लात सहने, तर आफ्नै साथीको सामान्य बात पनि नसहने प्रवृत्ति त्याग्नुपर्ने बताए । 

‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,’ ओलीले भने ।

उनले विरोधीहरूले एमाले फुट्छ भनेर दिवास्वप्न देखेको टिप्पणी गर्दै पार्टी विचार र संगठन दुवै दृष्टिकोणले अक्षुण्ण र एकढिक्का रहेकोसमेत प्रस्ट्याए । पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सानातिना मतभेद बिर्सिएर अघि बढ्न नेता–कार्यकर्तालाई उनले निर्देशन पनि दिए ।

सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै ओलीले देशमा फासीवादी शासनको अभ्यास भइरहेको आरोप पनि लगाए । ‘हामी देशको स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्रताका लागि लडेर आएका शक्ति हौँ,’ उनले भने, ‘अहिले देशमा प्रजातन्त्र खोसिएको छ । यसलाई फिर्ता ल्याउनु र आगामी निर्वाचनको पूर्ण तयारी गर्नु नै हाम्रा मुख्य दुई कार्यभार हुन् ।’

 

↑