Skip This
डाँका, ज्यान मार्नेसहित चार मुद्दाका फरार प्रतिवादी पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार १३:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डाँका, ज्यान मार्नेसहित चार मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १३:५४:oo

सिराहाको पश्चिमी भेगमा पर्ने कल्याणपुर नगरपालिका– १२, बेलहामा १० दिनअघि हातहतियार देखाई धनमाल लुटपाट तथा गोली प्रहारको घटनामा संलग्न आरोपितमध्ये प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पूर्वी धनुषाको विदेह नगरपालिका– ५, झिझाटोल बस्ने करिब ४० वर्षीय बद्री भनिने अजय पासवानलाई आइतबार राति करिब सवा ७ बजे कमला नदीको बगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पासवानलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याई डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र संगठित अपराधसम्बन्धी चारवटा मुद्दामा थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न फरार अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

२ मंसिर ०८२ को राति करिब १ बजे बेलहा गाउँका मुकेशकुमार महतोको घरमा अजयसहित १२ जना हतियारधारी व्यक्तिको समूहले हातहतियार देखाएर नगद तथा जिन्सी गरी नौ लाख ७३ हजार ६५० रुपैयाँबराबरको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ।

लुटपाटपछि सो समूहले स्थानीय वीरेन्द्र महतो र अनिलकुमार महतोलाई गोली प्रहार गरी घाइते बनाएर फरार भएको प्रहरीले जनाएको छ।

↑