मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १० शनिबार २२:oo:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शनिबार १० बजेसम्मका प्रमुख १० खबर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १० शनिबार २२:oo:oo

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ तथा संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको जनरल डिबेटलाई सम्बोधन गरेका थिए।

कांग्रेस महाधिवेशनमा तोकिएको शुल्कबाहेक रकम नलिन निर्वाचन समितिको निर्देशन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहमा हुने निर्वाचनमा निर्देशिकाले तोकेको शुल्कबाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ।

समितिले ‘नेपाली कांग्रेस १५औँ महाधिवेशन निर्वाचन निर्देशिका, २०८३’ को अनुसूची–२१ मा तोकिएको शुल्कभन्दा बढी रकम लिएको गुनासो प्राप्त भएको जनाएको छ।

धाप बाँध पूर्ण रूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँध (ड्याम) पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ।

मन्त्रालयअन्तर्गत सिँचाइ विभागको नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाको सुक्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्माण गरिएको धाप बाँध तथा यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो।

आज मध्यराति पश्चिममा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति पश्चिम नेपालमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार वर्षाका तीनवटा प्रणाली एकसाथ सक्रिय हुँदा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अहिले लुम्बिनी क्षेत्रमा ठुलो पानी परिरहेको छ । ‘राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिममाभारीदेखि धेरै भारी वर्षा हुने देखिएको छ,’ उनले । 

१३ प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिनको समय

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। प्रस्तावित राजदूत नियुक्तिका लागि उपयुक्त नभएको लागेमा आधार र प्रमाणसहित उजुरी दिन समितिले आग्रह गरेको हो।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संघीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिनेछ। उजुरीमा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद र उजुरीको स्पष्ट आधार खुलाउनुपर्ने समितिले जनाएको छ।

कृष्णभिरमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन

कृष्णभिरमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। पहिरोका कारण सडकमा रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।

पहिरो पन्छाएपछि सडकमा रोकिएको यातायात सुचारु भएको भौतिक यातायात तथा पूर्वाधारमन्त्री सुनील लम्सालले जानकारी दिए। 

अर्थमन्त्री वाग्ले एआइआइबीको वार्षिक बैठकमा सहभागी हुन दोहा प्रस्थान

अर्थमन्त्री स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा प्रस्थान गरेका छन्।

मन्त्री वाग्लेसँग अर्थ मन्त्रालयको आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल पनि दोहा गएका छन्।

वार्षिक बैठकका क्रममा वाग्लेले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपतपछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्ने कार्यक्रम छ।

तीन महिनामा मधेशबाट २७ करोड ८५ लाखको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनाको अवधिमा मधेश प्रदेशबाट झन्डै २७ करोड ८५ लाख रुपैयाँबराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्टस् तथा कस्मेटिक सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीले अवैध सामान ओसारपसारमा प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधनसमेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको जनाएको छ। सोही अवधिमा ३० लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको एक हजार एक सय क्युफिट काठ र एक सय दुई ग्राम चाँदी पनि बरामद गरिएको छ। अवैध कारोबारमा संलग्न ८४ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रदेशको अधिकार बलियो बनाउन २२ र २३ असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन

प्रदेशको अधिकार बलियो बनाउन कोशी प्रदेशको विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ। संघीयता कार्यान्वयन भएको नौ वर्ष पुगिसक्दा पनि प्रदेश सरकारहरूले संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गर्न नपाएको गुनासो बढिरहेका वेला २२ र २३ असोजमा सातै प्रदेशका मुख्यमन्त्रीको विराटनगरमा सम्मेलन हुन लागेको हो।

कालीगण्डकी नदीले पुलको पहुँचमार्ग बगाएपछि आवतजावत अवरुद्ध

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको पहुँचमार्ग नदीले बगाएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

नवलपुरको बौदीकाली गाउँपालिका–२, डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका–५, मन्दार जोड्ने पुलको डेढगाउँतर्फको पहुँचमार्ग कालीगण्डकी नदीको कटानका कारण बगाएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए।

पहुँचमार्ग बगाएपछि उक्त पुलबाट सवारीसाधन तथा पैदल यात्रुको आवतजावत पूर्ण रूपमा बन्द भएको छ।

 

↑