मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ असोज १० शनिबार २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पछिल्लो ३ घण्टामा कपिलवस्तुको बैदौलीमा सर्वाधिक वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ असोज १० शनिबार २o:३३:oo

पछिल्लो तीन घण्टामा कपिलवस्तुको बैदौली मौसम केन्द्रमा सर्वाधिक ५५.६ मिलिमिटर वर्षा मापन भएको छ।

हाल गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार वर्षा भइरहेका तथा आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी नदी तथा खोलानाला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिएको छ।

↑