गत १० भदौको हिमबाढीले क्षतिग्रस्त धादिङ गल्छी गाउँपालिका– ६, बैरेनीस्थित वागेश्वरी माध्यमिक विद्यालयको सोमबारको तस्बिर हाे याे । यहाँ अहिले सुरक्षाकर्मीले कक्षाकोठासम्मै भरिएको लेदो सफा गरिरहेका छन् ।
जहाँबाट विद्यार्थीका कापीकिताबसहितका ब्यागहरू निकालिएका छन् । स्थानीय विद्यार्थी कक्षाकोठामै छुटेका आफ्ना कापीकिताब खोज्दै छन् । प्रधानाध्यापक ज्ञानु थापाले पत्रकारलाई बताए अनुसार बाढीको सूचना प्राप्त भएपछि विद्यार्थी, शिक्षक, कर्मचारीले विद्यालय छाडेर सुरक्षित स्थानतिर भागेर ज्यान जोगाएका थिए ।
विद्यालयमा बिहान ६ बजेदेखि पढाइ हुन्छ । तर, नियमित कक्षा भने ९:४० बाट सुरु हुन्छ । प्रार्थनाको घन्टी बजेपछि विद्यार्थी लाइनमा तयार हुँदै थिए । त्यहीवेला ‘माथिबाट एकदमै ठुलो बाढी आउँदै छ, बच्चाहरूलाई सुरक्षित ठाउँतिर लैजानूस्’ भनेर फोनबाट स्चूना आयो । शिक्षक–कर्मचारीले तत्काल प्रार्थना छाडेर विद्यार्थीहरूलाई सुरक्षित स्थानतिर लगेका थिए ।