मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १५ सोमबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १५ सोमबार १५:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडक क्षेत्राधिकारका रुख काटेर ८१ लाखको काठ गायब, डिभिजन प्रमुखसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १५ सोमबार १५:३८:oo

सडकको क्षेत्राधिकारभित्रका रुख अवैध रूपमा काटेर ८१ लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जयसवालसहित नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दाङको राप्ती गाउँपालिका– १ पाखापानीदेखि लमही नगरपालिका– ४ अर्नहवासम्म राजमार्गका दुवै किनारबाट दुई हजार ७२४ वटा रुख (४० हजार ५५५ घनफिट काठ) विनाइजाजत कटान गरी ओसारपसार गरेर ८१ लाख ३७ हजार नाै सय रुपैयाँ हानि–नोक्सानी पुर्‍याएको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।

अख्तियारले जयसवालसहित डिभिजन वन कार्यालय देउखुरीका तत्कालीन वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, राप्ती– १ का वडाध्यक्ष गेमे खड्का, वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरी, राप्ती– ४ बस्ने अभिमान चौधरी, नन्दु गिरी वडा नम्बर २ बस्ने झविन्द्रप्रसाद भण्डारी र लमही– २ बस्ने केशरबहादुर चौधरीलाई प्रतिवादी बनाएको छ।