मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १६ मंगलबार o७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राहत र उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायसँग नेपालले के–के माग्यो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार o७:११:oo

राहत र उद्धारका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जनशक्ति र प्रविधिको सहयोग मागेको छ । भत्केका पुलको अस्थायी समाधानका लागि सरकारले चीनसँग ३० बेलिब्रिज मागेको छ । भारतसँग मागेअनुसार सात बेलिब्रिज आउन थालेका छन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले क्रमैसँग बेलिब्रिज दिने वचनबद्धता जनाएको छ । ती बेलिब्रिज तिब्बतबाट आउनेछन् । यस्तै, भारतबाट एउटा आइसकेको र अन्य साता बेलिब्रिज आउने क्रममा रहेका छन् । सिंगापुरबाट बेलिब्रिज माग गरिएको छ । 

भारत र चीनबाट नेपालले शव व्यवस्थापनका लागि हावा नछिर्ने (एयरटाइट) झोला प्राप्त गरेको छ । यस्तै, नेपालको मागअनुसार भारतका १८ जना फरेन्सिक विज्ञले शनिबारदेखि नै नेपालमा काम थालेका छन् । उनीहरूले शवको डिएनए परीक्षणमा काम गर्नेछन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सिंगापुरबाट प्रकोपपीडित पहिचान टोली परिचालन गर्न समन्वय भइरहेको छ । अमेरिकाबाट फ्रिजर, डिएनए परीक्षण किट र लिडारजस्ता अत्यावश्यक गैरखाद्य सामग्री र सेवा माग गरिएको छ । चीन र सिंगापुरसँग उच्च क्षमताका ड्रोन अनुरोध गरिएको छ । जापान र कोरियाबाट पनि यस्तै विशिष्ट सामग्री माग गरिएको छ । 

त्यसैबिच युएई, म्यानमार, अमेरिका, कतार, बेलायत, अस्ट्रेलिया, कोरिया गणतन्त्र, जापान, न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, अस्ट्रेलिया, म्यानमार, बंगलादेश, पाकिस्तानलगायतबाट थप राहत सामग्री आउने क्रममा छन् । विभिन्न मुलुकले नेपाललाई आर्थिक सहायताको समेत घोषणा गरेका छन् ।