मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १२ शुक्रबार o९:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफा निलम्बनको असर :  एएफसी यू–१७ एसियन कप छनोटमा पनि नेपाल अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o९:३५:oo

नेपालले एएफसी यू–१७ एसियन कप, २०२७ छनोट प्रतियोगिता गुमाएको छ । फिफाको अनिश्चितकालीन निलम्बनमा परेको नेपालले उमेर समूहको महत्वपूर्ण गुमाएको हो । मलेसियाको क्वालालम्पुरमा बिहीबार एएफसी मुख्यालयमा भएको ‘ड्र’मा नेपाल कुनै ‘पट’मा समावेश भएन । एएफसीले ३५ टोलीलाई सात समूहमा विभाजन गरेको थियो । तर, ‘ड्र’मा नेपाल कुनै पनि समूहको पटमा परेन । फिफाको निलम्बन कायम रहेकाले नेपाल स्वतः प्रतियोगितामा सहभागिता जनाउन अयोग्य ठहर भएको हो । 

नेपालले गत वर्ष सञ्जित सिंहको नेतृत्वमा एएफसी यू–१७ एसियन कप, २०२६ छनोट प्रतियोगिता खेलेको थियो । म्यानमारमा सम्पन्न प्रतियोगितामा प्रशान्त मोक्तान, निसकुमार श्रेष्ठ, भुवन कामी, अनमोल कार्की सम्मिलित ब्याचले नेपालको प्रतिनिधित्व गरेका थिए । 

एएफसी यू–१७ एसियन कप यसअघि नेपालले फिफा निलम्बनकै कारण एएफसी यू–१७ महिला र यू–२० पुरुष एसियन कप छनोट पनि गुमाइसकेको छ । निलम्बनका कारण एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट पनि नेपाली टोलीको नाम खोसिएको थियो । सो प्रतियोगिताका लागि एन्फाले विभागीय टोली नेपाल एपिएफ क्लबको नाम दर्ता गराएको थियो ।

तर, निलम्बनसँगै नेपाल एपिएफले पनि मौका गुमायो । यू–१७ एसियन कप छनोट प्रतियोगिताका समूह विजेता सात टोलीले उज्वेकिस्तानमा हुने एएफसी यू–१७ एसियन कप, २०२७ मा सहभागिता जनाउनेछन् । छनोट प्रतियोगिता आगामी ८ देखि २० नोभेम्बरसम्म हुनेछ । फाइनल प्रतियोगिता भने अर्को वर्षको १२ देखि २९ मेसम्म हुने एएफसीले जनाएको छ । 

एएफसी यू–१७ एसियन कप छनोटमा ३५ राष्ट्र सहभागी छन् । सहभागी टोलीले एकल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । नोभेम्बरमै हुने फिफा यू–१७ विश्वकप, २०२६ मा प्रतिनिधित्व गर्ने टोलीमा आयोजक कतार, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम स्वतः एसियन कपका लागि छनोट भइसकेका छन् ।