मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनामा २८० अधिकृत क्याडेटको भर्ती खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १२:५१:oo

नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) पदमा २८० जनाका लागि आवेदन खुलाएको छ। सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न शुक्रबार सूचना जारी गरेको हो।

कुल २८० पदमध्ये खुलातर्फ १४६, महिलातर्फ २४, आदिवासी/जनजातितर्फ ३९, मधेशीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ र कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ पद छुट्याइएको छ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। नियमित दस्तुरमा साउन २९ गतेदेखि भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भदौ १९ देखि २५ गतेसम्मसमेत आवेदन दिन सकिने व्यवस्था छ।

दरखास्त दस्तुर एक हजार रुपैयाँ तोकिएको छ। एकभन्दा बढी समावेशी समूहबाट प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारले प्रत्येक थप समूहका लागि तोकिएको दस्तुरको २० प्रतिशत अतिरिक्त शुल्क बुझाउनुपर्नेछ।