स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा रु. चार हजार ६ सय र चाँदीको मूल्य तोलामा रु. ९० ले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. तीन लाख एक हजार ६ सयमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. तीन लाख ६ हजार दुई सय थियो।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु. चार हजार ६६० कायम भएको छ। बिहीबार चाँदी प्रतितोला रु. चार हजार ७५० मा कारोबार भएको थियो।
यससँगै एकै दिनमा सुनको मूल्य प्रतितोला रु. चार हजार ६ सय तथा चाँदीको मूल्य प्रतितोला रु. ९० ले घटेको हो।