समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीनजनाको राजीनामा स्वीकृत

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुईजना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले मंगलबार नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेस गरेका थिए।

सरकारले उनीहरूलाई ०८१ वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो। कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन्।

सुझावित समाचार