मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ मङ्सिर २० बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २० बिहीबार १६:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘बैंक अफ द इयर २०२४’को अवार्ड सिटिजन्स बैंकलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २० बिहीबार १६:५९:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्डबाट लन्डनमा सम्मानित भएको छ। संयुक्त अधिराज्य (युके)मा अवस्थित द फाइनान्सियल टाइम्सले ४ डिसेम्बरमा आयोजना गरेको एक कार्यक्रमबिच सिटिजन्स बैंकलाई सो अवार्ड प्रदान गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द इयर २०२४ को सम्मान ग्रहण गरेका थिए। समारोहमा करिब १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारी गरी करिब ३०० जनाभन्दा बढीको उपस्थिति थियो।

सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष पाण्डले बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्ड प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुस गरेको बताए। यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिंङ सेवा ग्राहकमाझ ल्याउन हौसला मिलेको उनको भनाइ छ। त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायहरूको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मेहनतबाट सम्भव भएको बताए।

द फाइनान्सियल टाइम्सले वार्षिक रूपमा विभिन्न देशका बैंकहरूले गर्ने कार्यसम्पादन एवं गतिविधिहरूलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ। यस अवार्डबाट सम्मानित हुने बैंकहरूको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन ‘द बैंकर’मार्फत प्रकाशित हुने गरेको छ।