मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Saturday, 14 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार १५:२१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

विमानस्थल उडान सञ्चालन समय कटौती, बुद्ध एयरले जारी गर्‍यो उडान निर्देशिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १५:२१:oo

नोभेम्बर ८ देखि करिब पाँच महिनासम्म काठमाडौं त्रिभुवन विमानस्थलको स्तरोन्नतिका कारण ‘उडान समय’ छोट्याइएको छ । बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटाम’ जारी भएको छ। स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने बुद्ध एयरको विश्वास रहेको छ । केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको छ ।

छोट्याइएको उडान समय जाडो महिनाको रहेको छ। जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिबिलिटीका कारण नियमित सञ्चालन प्रभावित हुने गरेको छ । ‘आइएफआर’ गन्तव्यमा रात्रि उडान भए तापनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। त्यसैगरी भिएफआर गन्तव्यहरूमा भिजिबिलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ ।

बुद्ध एयरसँग समयमै उडान भर्न पर्याप्त जहाजहरू रहेका छन् । तैपनि कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेका छन् । यी कारणहरूले यात्रुहरू टिकटमा उल्लेखित समयमै एयरपोर्ट चेक–इन काउन्टरमा रिपाेर्टिङका लागि बुद्ध एयरले विशेष अनुरोध गरेको छ ।

यस्ताे छ बुद्ध एयरको अनुरोध
१.   यात्रुहरूलाई हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउन्टरमा रिपाेर्टिङका लागि अनुरोध छ ।
२.  उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउन्टर बन्द हुनेछ ।
३. खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ । यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिनेछ ।
४.  उडान रद्द भएका टिकटहरूलाई ‘रिफन्ड प्रोसेसिङ’मा हालिनेछ । अनलाइन टिकेटिङको हकमा त्यहीँबाट रिफन्ड हुनेछ । यसका लागि तीनदेखि चार दिनको समय लाग्नेछ । त्यसैगरी ट्राभल एजेन्सीबाट टिकट लिएकाहरूले त्यहीँ सम्पर्क गर्नसमेत अनुरोध छ ।
५.  एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले सेड्युल’ उपलब्ध गराइनेछैन ।
६.  अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुहरूले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुनेछ ।