‘हामीले कसरी प्रतिगमन गर्न सक्छौँ ?’

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले जुन प्रणालीका लागि आफूहरूले संघर्ष गरियो त्यसकै विरुद्ध कसरी प्रतिगमन गर्न सक्छौँ भनेर प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले तानाशाही र अधिनायकवादको विरुद्ध लडेर आएकाहरूले प्रतिगमन गर्न नसक्ने जिकिर गरे ।

उनले आफूहरू लोकतान्त्रिक प्रणालीको विरुद्ध जान लागेको कुरामा विश्वास नगर्न आग्रह गरे । उनले भने, ‘म संसद् र देशलाई भन्न चाहन्छु– सरकार यस मामलामा सजग छ ।’

बलिदान र संघर्षले स्थापित गरेको प्रणाली ख्यालख्यालको कुरा नभएको भन्दै उनले देशको दिगो प्रणाली भनेकै लोकतान्त्रिक प्रणाली हो भने । आफूहरू हस्ताक्षर र लिखतको बन्धनले बाँधिएर आएको स्पष्ट पार्दै उनले विश्वासको बन्धन चानचुने नभएको बताए । 

सुझावित समाचार